खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन्


१७ माघ, काठमाडौं । मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजेको समयमा खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राती नै दुर्घटना भएको हुन सक्ने स्थानीयबासीले जनाएका छन् । बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घटनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ । थप खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *