सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

माघ १८ गते बस्ने संसद बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ


१७ माघ, काठमाडौं । सरकारले ल्याएका अध्यादेश विपक्षी दलहरूको बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि विपक्षी दलहरूको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ। यो प्रक्रियाका हिसाबले पनि बेठिक छ,’ उनले भने,’  अध्यादेशमा विपक्षी दलहरूले बेठिक भएको ठहर गर्दै यसलाई अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।ु

यसका साथसाथै बैठकमा सुशासन, जनजिविकालगायतका विषयमा गम्भीर ढंगले छलफल भएको उनको भनाइ छ। उनले सदनलाई सशक्त ढंगले जनताको आवाजलाई मुखरीत ठाउँ बनाउनुपर्नेमा जोड दिए।

माघ १८ गते बस्ने संसद बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *