प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध
सभामुखले बैठकलाई अघि बढाउन सहयोग गर्न पटक-पटक आग्रह गर्दा पनि रास्वपा सांसदहरूले उठेर अवरोध जनाइरहेका

१८ माघ, काठमाडौं । आजदेखि संसदको हिउँदै अधिवेशन सुरू भएको छ। संघीय संसदको दुवै सदनको बैठक सुरू भएका छन्। प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले बैठकको कामकारवाही अघि बढाउन खोज्दा रास्वपाका सांसदहरूले सिटबाट उठेर अवरोध जनाएका हुन्।
सभामुखले बैठकलाई अघि बढाउन सहयोग गर्न पटक-पटक आग्रह गर्दा पनि रास्वपा सांसदहरूले उठेर अवरोध जनाइरहेका छन्। सभामुख घिमिरेले रास्वपालाई आजको बैठकमा दलीय आधारमा बोल्न समय निर्धारण गरिएकाले सोही समयमा आफ्नो धारणा राख्न आग्रह गरे।