भक्तपुरको चाँगुनारायणमा युवकको शव फेला
चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
६ फागुन, काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका(४ खोरियामा युवकको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीय निरोज लामाको शव फेला परेको हो। चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
निरोज गएराति बादलको घरमा गएको र उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको परिसरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए। प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएका थिए।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिए ।