सुनको मूल्य एकतोलामा १ लाख ७० हजार नाघ्यो

यस्तै सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

७ फागुन, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ५०० सय पुगेको हो।

मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो। यस्तै सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *