बी डिभिजन लिग आइतबारबाट

प्रतियोगितामा देशभरीका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा ९१ वटा खेल हुनेछ।

२३ फागुन, काठमाडौं । एन्फा बी डिभिजन लिग आइतबारबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ भने अन्य खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रतियोगितामा देशभरीका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा ९१ वटा खेल हुनेछ।

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङको अधिकार एन्फाले एमडीएसी स्पोर्ट्सलाई प्रदान गरेको छ। प्रतियोगिताको टिकटदर दशरथ रंगशालामा सामान्यतर्फ १०० र भीआईपीतर्फ ३०० तय गरिएको छ।

त्यस्तै, एन्फा कम्प्लेक्सको सामान्य प्याराफिटमा १०० रुपैयाँ टिकटदर कायम गरिएको छ। प्रतियोगिताको विजेताले १५ लाख पुरस्कार पाउनेछन्।

उपविजेताले १० लाख र तेस्रो स्थानको टिमले ५ लाख प्राप्त गर्नेछन्। फेयर प्ले टिमले १ लाख, उत्कृष्ट खेलाडी १ लाख, उत्कृष्ट गोलकिपर ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *