फेरि यात्रा प्रतिबन्ध लगाउन चाहन्छन् ट्रम्प, कुन-कुन देश सूचीमा पर्न सक्छन्?

न्यूयोर्क टाइम्सका अनुसार, ट्रम्पको पहिलो कार्यकालमा निशाना बनाइएका देशहरू पनि फेरि सूचीमा समावेश हुन सक्छन्।


२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अफगानिस्तान, पाकिस्तान र अन्य केही देशहरूका मानिसहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । यो प्रतिबन्ध अर्को हप्तादेखि नै लागू हुन सक्छ।

जनवरी २० मा ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै मन्त्रिपरिषद्का सदस्यहरूलाई यात्रा प्रतिबन्ध लाग्नुपर्ने देशहरूको सूची बनाउन निर्देशन दिएका थिए। ट्रम्पले निशानामा राखेका देशहरूको ‘जाँच र निगरानी प्रक्रिया अत्यन्तै कमजोर छ’ उनको बुझाइ छ ।

पहिलो कार्यकालमा ट्रम्पले धेरैजसो मुस्लिम-बहुल देशहरूबाट यात्रामा प्रतिबन्ध लगाएका थिए। सर्वोच्च अदालतले सन् २०१८ मा यो नीतिलाई अनुमोदन गरेको थियो । ट्रम्पका प्रतिबन्धहरूले विश्वको झन्डै ७ प्रतिशत जनसंख्या प्रभावित बनेका थिए ।

रोयटर्सका अनुसार अफगानिस्तान र पाकिस्तान यो सूचीमा पर्ने अधिक सम्भावना भएका देशहरू हुन् । न्यूयोर्क टाइम्सका अनुसार, ट्रम्पको पहिलो कार्यकालमा निशाना बनाइएका देशहरू पनि फेरि सूचीमा समावेश हुन सक्छन्।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यो सूचीमा क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला, यमन लगायतका देशहरू पनि यो सूचीमा पर्न सक्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *