प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा सम्मानका साथ ओढाए राष्ट्रिय झन्डा


 

३ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *