प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव


३ मंसिर, गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा पोखरामा अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारले पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टिकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न आग्रह गरेका हुन्।

आइतबार प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेश गरेका हुन् ।

स्रोतसाधन र बजेटको अभावमा अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए ।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *