दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका छन्।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२९ फागुन, काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो।

हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा भूपेन्द्र शाही घाइते भएका छन्। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मृतकको शव पोस्टमर्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका छन्।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *