पेट्रोलियम पदार्थको मूल्य घट्यो

घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।


२ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *