चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए ।


३ चैत, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *