सेयर बजारमा दोहोरो अंकको गिरावट

कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ ।

३ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २१.६४ अंकले घटेर २७१४.८५ विन्दुमा अडिएको छ।

कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ ।

सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर सर्वाधिक ८.१९ प्रतिशतले बढ्यो। बिशाल बजार कम्पनीको सेयर ५.३४ प्रतिशतले बढ्दा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.४३ प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहक उपसूचक बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *