भक्तपुरको ब्रोकाउलीमा भेटियो विषादी
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

४ चैत, काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ ।
भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा ब्रोकाउलीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त ब्रोकाउली उपभोग अयोग्य रहेको जनाइएको छ ।