सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका सिन्धुपाल्चोकका लामा २५ करोडसहित समातिए

प्रहरीले ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको जनाएको छ ।


५ चैत, काठमाडौं । प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित एक जना पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

प्रहरीले ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन्  ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *