मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट
मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको जानकारी दिए ।

५ चैत, काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो धनपालथान -६ को कदमा गाउँमा भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।
आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।