भारतको गोरखपुरबाट नेपाल घुम्न आएका पाण्डे कालीगण्डकीमा बेपत्ता
मल्लले उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको जानकारी दिए ।

६ चैत, काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।
बुधबार २५ वर्षीय शिवम पाण्डे पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
मल्लले उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।