खुकुरी प्रहारबाट कामदार घाइते

विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


८ चैत, काठमाडौं । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

विराटनगर–२ का अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले आफ्नै घरमा काम गर्दै आएका कामदार विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका सापकोटाको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *