सिराहाका सीडीओ दाहाल गृह मन्त्रालय तानिए

सिराहमा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि दाहाललाई मन्त्रालय तानेको हो।


८ चैत, काठमाडौं । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिराहमा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि दाहाललाई मन्त्रालय तानेको हो।

दलित परिवारलाई महायज्ञ गर्न हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *