ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते

मार्बललाई ट्रकको वरिपरि बाँधेर लोड गरिएको भए पनि सडक घुम्तिमा डोरी चुँडिन पुग्दा दुवै मजदुरलाई मार्बलले च्यापेको हुन सक्ने उनले बताए ।

८ चैत, काठमाडौं । रुकुमपश्चिमको चौरजहारी–१ मा ट्रकमा लोड भएको मार्बल र सिमेन्टले च्यापिँदा एक जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको छ भने सोही नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुवै जना लु.प्र ०३–००१ क ००२७ नम्बरको मिनी ट्रकमा बसेका थिए ।

मार्बललाई ट्रकको वरिपरि बाँधेर लोड गरिएको भए पनि सडक घुम्तिमा डोरी चुँडिन पुग्दा दुवै मजदुरलाई मार्बलले च्यापेको हुन सक्ने उनले बताए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *