गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


१० चैत, काठमाडौं । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । ‘आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएछ’, प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *