अराजक बन्दै राजावादी प्रदर्शनकारी, घर-पसलमा छियाछिया
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ।