ओली सरकारको ६० दिन काण्ड जति सबै छुट


५ मंसिर, काठमाडौं । केपी शर्मा ओली दुईमहिना देखि यो देशमा प्रधानमन्त्री हुनुहुन्छ । कांग्रेससहित साना दलका १ सय ८७ सांसदको समर्थनमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुभएका ओलीले दुईमहिनामा नागरिकले अनुभुति हुनेगरी के काम गर्नुभयो भन्ने खुल्दुली अनि चिन्ता आम जनमानसमा रहेको छ ।
ओलि सरकारले यो २ महिनामा गरेको सबैभन्दा ठुलो काम भनेकोे टीआरसी विधेयक पारित मात्र हो । ललिता निवास, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु, सहकारी ठगी, प्रकरण त उहाले सम्झनानै गर्नुहुन्न । देशको मूख्य दुइ ठुला दल मिलेर बनेको यति बलियो सरकार छ, प्रधानमन्त्री ओली एउटा पालिकाको मेयरसँग जोरी खोज्दै हुनुहुन्छ । सर्वोच्च अदालतले नदी किनारमा थप २० मिटर संरचना बनाउन नपाउने निर्देशन कार्यान्वयन गर्दा प्रधानमन्त्री काठमाडौंका मेयरसँग जुँगा लडाउँदै बस्नुहुन्छ अनि सरकारी कार्यालयमा खाजा खाने समय तोक्दै हुनुहुन्छ ।
ओली सरकारले हालसम्म आफ्नो न्यूनतम कार्यक्रम नै सार्वजनिक गर्न सकेको छैन । भ्रष्टाचार प्रकरणमा कुनै एक्सन लिन सक्नुभएको छैन। बरु जोगाउने भित्रि खेल सुरु भएको छ । विकास निर्माणदेखि अर्थतन्त्र चलायमान हुने उत्पादनसम्मका काममा उहाँको ध्यान पुगेको छैन ।
टिकटक प्रतिबन्ध फुकुवा, कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस चल्न रोक र सरकारी कार्यालयमा खाजा खाने समय १ः३० देखि २ बजे सम्म जस्ता निर्णयनै वहाको अहिलेको उपलब्धी हो ।
उहाँले सामाजिक सञ्जालमा आएका कतिपय विषयलाई निकै प्राथमिकता दिनुहुन्छ । तर, आम समस्याबारे उहाँ मौन हुनुहुन्छ । त्यतिमात्र कहाँ होर प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिन ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भन्नुभएको थियो तर, भ्रष्टाचारसम्बन्धी फाइलहरु अहिले कहाँ लुकाइयो रु
भ्रष्टाचार नियन्त्रण गर्नुको साटो प्रधानमन्त्रीज्यूले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, जग्गा खरिद गर्ने विष्णु पौडेलका छोरालाई माफ मिनाहा गर्नु भएको छ । आफै मुछिएको गिरीबन्धु टीस्टेट जग्गा प्रकरण फाइल कहिले खुल्नेहो अत्तोपत्तो छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरण नाम मुछिएका कांग्रेस नेताहरु खुलेआम मन्त्रालय आउजाउ भइरहन्छ । सुन तस्करी प्रकरण आरोप लागेका माओवादी नेताहरुलाई कारवाही को लागि कुनै पहल छैन । स्काउटको जग्गा कब्जा गर्ने दीपक खड्कालाई आफ्नै कार्यकालमा मन्त्री बनाएका छन् । सहकारी ठगी प्रकरण का आरोपि जीबी राईलाइ अहिलेसम्म पकउ गरिएको छैन ।
प्रधानमन्त्री बन्नेवित्तिकै ओलीले निर्माण व्यवसायीको अड्किएको रकम निकाशा गर्ने ठूलो गफ दिनुभएको थियो तर, २० अर्ब अझै बाँकी छ । बाकि रकम निकाशा गरेर अर्थतन्त्र चलायमान बनाउने तर्फ उहाको चासो छैन ।
प्रधानमन्त्री ओलीको ‘इगो’ को कारण १३ वर्षपछि हुन लागेको कर्णाली विश्वविद्यालयको दिक्षान्त समारोह राता–रात स्थगित गरियो । सरकारसँग विद्यार्थीलाई पदक दिन रकमसम्म छैन । सामाजिक सन्जाल मार्फत बोलिरहने प्रधानमन्त्री यो विषयमा मौन हुनुहुन्छ ।
प्रधानमन्त्रीको चिन भ्रमण अहिले प्राथमिकतामा रहेको छ । चिन भ्रमण पछि ओलि सरकार कुन रुपले अगाडि बढ्नुहुन्छ त्यो भने हेर्न बाकि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *