सांसद बजगाईंले पर्यटनमन्त्री पाण्डेसँग मागे माफी


५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

बजगाईंले बुधबार पार्टी केन्द्रीय कार्यालयमा मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भनी माफी मागेका हुन् ।

अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना महामन्त्री विश्वप्रकाश शर्मा र समेत रहेको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएका थिए ।

बजगाईंले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’

बजगाईंले बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो बोली फिर्ता लिएको लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *