सहकारी पीडितद्वारा माइतिघर मण्डलामा प्रदर्शन
५ मंसिर, काठमाडौं । सहकारी बचतकर्ता संरक्षण रास्ट्रीय अभियान महासघंद्वारा आज माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा अगाडि संरक्षण राष्ट्रिय अभियानको आयोजनामा सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् ।
सहकारी पिडितको बचत फिर्ता गराउने तर्फ सरकार उदासिन रहेको ले आफ्ना मागहरु पुरा गर्न सडक आन्दोलन गर्नु परेको एक पिडितले बताए ।
पिडितले आज माइतिघर मा सरकारले हाम्रो पैसा फिर्ता गराउनुको सट्टा सहकारी सन्चालकलाई सम्रक्षण गरेको उनिहरुको आरोप छ ।
प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए भने सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
पटक पटक आन्दोलन गर्दा पनि हाम्रो रकम फिर्ता नपाएको र अब पनि सहकारी सन्चालकले पैसा फिर्ता नगर्ने र सरकारले पनि सहयोग नगरे हामी पिडित हिम्सात्मक आन्दोलन तर्फ लाग्ने उक पिडिले बताए ।
पीडितले आन्दोलनमा बचतफिर्ता माग गर्दै नाराबाजी गरिरहेका छन् ।