दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो ।

१९ चैत, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा अडिएको छ।

बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *