सुनको मूल्यमा उच्च गिरावट

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।


२२ चैत, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *