तीनकुनेमा जलाइएको घरबाट अश्रुग्यास प्रहार गरिएको छैन: प्रहरी महानिरीक्षक थापा

अश्रुग्यास तलबाट माथि हान्ने हो । माथिबाट तल हान्ने होइन, ' उनले भने, 'घरमाथिबाट अश्रुग्यास हानिएको छैन । त्यस्तै मञ्चमा पनि अश्रुग्यास हानिएको छैन ।'


२२ चैत, काठमाडौं । चैत १५ मा राजावादीले तीनकुनेमा एक घरमा आगो लगाएका थिए । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले राजावादीले तीनकुनेमा जलाएको घरको छतबाट अश्रुग्यास प्रहार नगरिएको स्पष्ट पारेका छन् ।

उक्त घरको छतबाट प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली प्रहार गरिएको दाबी गरिँदै आएको थियो । नेपाल प्रहरीका महानिरीक्षक थापाले भने उक्त घरबाट अश्रुग्यास प्रहार नगरिएको स्पष्ट पारे । ‘तीनकुनेको घरबाट अश्रुग्यास प्रहार गरिएको छैन । अश्रुग्यास तलबाट माथि हान्ने हो । माथिबाट तल हान्ने होइन, ‘ उनले भने, ‘घरमाथिबाट अश्रुग्यास हानिएको छैन । त्यस्तै मञ्चमा पनि अश्रुग्यास हानिएको छैन ।’

थापाले उक्त घटनामा संलग्न रहेका व्यक्तिहरूमाथि तथ्यमा आधारित रहेर अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन् । हरेक व्यक्तिको आपराधिक गतिविधिमा संलग्न रहेको तथ्य र प्रमाण केलाउँदै अनुसन्धान अगाडि बढिरहेको थापाले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *