भरुवा बन्दुकसहित एकजना पक्राउ
उनलाई सोही गाउँपालिकाका-३३ करुन्जेबाट एउटा एकनाले भरुवा बन्दुकसहित आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२४ चैत, काठमाडौं । भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ तेलियाका २८ वर्षीय राम कृष्ण लिम्बु रहेका छन्।
उनलाई सोही गाउँपालिकाका-३३ करुन्जेबाट एउटा एकनाले भरुवा बन्दुकसहित आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।