बनेपाबाट लागुऔषधसहित २ जना पक्राउ

बनेपा बसपार्कस्थित एक नेवारी खाजा घरबाट बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।


सशस्त्र प्रहरी बलको टोलीले लागुऔषध पोल्यान्डसहित काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका घर भएका २८ वर्षीय अमृत भण्डारी र धुलिखेलकै ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन् । उनीहरूलाई सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

बनेपा बसपार्कस्थित एक नेवारी खाजा घरबाट बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।

पक्राउ परेकाहरूलाई सशस्त्रले प्रहरीको जिम्मा लगाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *