राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कप्तान सामसन र उनको टिमलाई ‘स्लो ओभर रेट’को जरिवाना लगाएको हो।

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)को टिम राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना तिराउने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कप्तान सामसन र उनको टिमलाई ‘स्लो ओभर रेट’को जरिवाना लगाएको हो।
बुधबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा गुजरात टाइटन्ससँगको खेलमा २० ओभरको खेल निर्धारित समयमा नसकेपछि जरिवाना लागेको हो।
आईपीएलको आचारसंहितामा २ पटकसम्म एउटै टिमको कप्तानलाई दोस्रो पटक ओभर रेटको उल्लंघन गरेमा २४ लाख जरिवाना तिराउने व्यवस्था छ।