दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।
‘उहाँहरु दुवै जनासँगै फेला पर्नुभएको थियो । दुबै जनालाई काठमाडौं ल्याउने तयारी हुँदैछ’ प्रहरी उच्च स्रोतले भन्यो ।
उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ । उनीहरुलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।