म मन्त्री भएको भए दुर्गा प्रसाईंलाई सुट गर्ने आदेश दिन्थेँ: सांसद यादव

'जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्। यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थे,'  उनले भनिन्।


२९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नगिना यादवले ुदुर्गा प्रसाईंलाई सुट गर्न आदेश दिनेु अभिव्यक्ति दिएकी छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईंलाई सुट गर्नुपर्ने बताएकी हुन्।

‘जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्। यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थे,’  उनले भनिन्।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा कमाण्डर भनिएका प्रसाईंले प्रहरीमाथि गाडी हुत्याउँदै निषेधित क्षेत्र तोडेका थिए। उनले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न आह्वान पनि गरेको भिडियो भाइरल बनेको थियो। त्यसै सन्दर्भमा सांसद यादवले आफूलाई उक्त दृश्य असैह्य भएको बताएकी हुन्। ‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जान मिल्छरु कस्तो नैतिकता हो यो? उसले गर्न खोजेको के होर? ऊ सर्वोपरी होरु उसले जे बोले नि हुने?,’  उनले प्रश्न गरिन्।

उनले हतियार खोसेपछि मात्रै प्रहरीले गोली चलाएको बताए। प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ। ‘सबै प्रहरीको हतियार खोसेको भए के हुन्थ्योरु यो अराजकता हो। यसको गहिरो छानबिन हुनुपर्छ। जोसुकै दोषी होस् कडाभन्दा कडा बारबाही गर्नुपर्छ, ‘ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *