वीरगन्जमा तोडफोड र आगजनी

आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेका छन्।


३० चैत, काठमाडौं । हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो।

झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्। आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेका छन्।

त्यस्तै दर्जनभन्दा बढी मोटरसाइकलमा पनि आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। प्रदर्शनका क्रममा कम्तीमा ८ जना घाइते भएका छन्। शोभायात्रामा हुलदंगा भएफछि समर्थकहरूले पनि विर्ता चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *