त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। गाँजाजस्तो देखिने करिब ६ किलो ९ सय ७० ग्राम लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन् ।

थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *