पाँच रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा
आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि भ १८९९९९९९ का नोटहरू चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।
आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।
यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।