यू-१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङसँग खेल्दै
पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।

३ वैशाख, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू(१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरु हुने तय छ ।
नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।
उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा धेरै अगाडि छ ।
आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् ।