शिक्षक महासंघको प्रतिक्रिया : सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजिरहेको छ

‘‘ तर, सरकारको विश्वास गर्ने आधार छैन । सरकार रित्तै घर फर्काउन चाहन्छ’, उनले भनिन्, ‘सरकारको योजना त्यस्तो हो । सरकार जिम्मेवार छैन ।


३ वैशाख, काठमाडौं । आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको प्रतिक्रिया दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न भन्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसका साथै माग पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै शिक्षकलाई फर्किन आग्रह गरेको थियो ।

सरकारको निर्णयप्रति शिक्षक आन्दोलनको नेतृत्व गरेको महासंघले भने अविश्वास गरेको छ । सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजिरहे बताउँछिन् महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटीको संयोजक नानुमाया पराजुली ।

‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन । विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘ सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । यो अधिवेशनना पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

अहिले नै विश्वास गर्ने आधार नभएको बताउँदै उनले सरकारको निर्णयबारे महासंघले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइन् । ‘‘ तर, सरकारको विश्वास गर्ने आधार छैन । सरकार रित्तै घर फर्काउन चाहन्छ’, उनले भनिन्, ‘सरकारको योजना त्यस्तो हो । सरकार जिम्मेवार छैन । सडकमा नारा जुलुस लगाएर मात्र हो, सरकारलाई ऐन चाहिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *