पूर्वप्रदेश प्रमुख अहिराजमाथि प्रहरी अनुसन्धान

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

३ वैशाख, काठमाडौं ।  मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि थप बताउन चाहेनन् ।

‘अनुसन्धान भइरहेको छ । अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था अहिले छैन,’ एसपी बोहराले भने ।

अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

यस विषयमा अहिराजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्वीच्ड अफ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *