एन्फाका पूर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकूवा !
जुन २०२५ अप्रिल १५ मा सकिएको उनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

४ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिवन्ध फुकूवा भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।२०१५ अप्रिल १६ मा उनलाई फिफाले प्रतिबन्ध लगाएको थियो।
जुन २०२५ अप्रिल १५ मा सकिएको उनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले १० वर्ष प्रतिबन्धमा रहँदा निकै चुनौतीहरू आएको उल्लेख गरे । विज्ञप्तिमा थापाले लेखेका छन्,‘यो यात्रा चुनौतीपूर्ण थियो। तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूको सहयोग र अटल समर्थनको लागि धन्यवाद ।’
उनलाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । थापाले २०१५ अप्रिलमा प्रतिवन्ध सुरु भएको बताएपनि फिफाले सन् २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा १० वर्षको प्रतिवन्ध लगाएको थियो ।
थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिले ठहर गर्दै उनलाई १० वर्षे प्रतिवन्ध लगाउनुका साथै थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी देखि पूर्वकप्तान समेत रहेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।