वैशाख ११ राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘त्यस दिन हामीले महोत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’


४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् ।

बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘हामी ११ गते राजाले अधिकार खोसेको थियो । जनतालाई फेरि रैती बनाएको थियो । हिजो /अस्ति ०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस दिन हामीले महोत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’

साथै, उनले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *