वीरगन्जमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा भोलि बिहानदेखि हट्ने

वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाउने भएको छ। 


वीरगन्जको अवस्था सामान्य बन्दै गएको तथा सर्वसाधारण नागरिकको जीवनयापनलाई मध्यनजर गरेर सहज शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रजिअ अर्यालले बताए।

वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हटाउने भएको छ। बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा आइतबारदेखि लगाइएको निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो।

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो। उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए।

गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा दुई फरक धार्मिक समुदायबीच विवाद र झडप भई स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले वीरगन्जमा शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो। त्यसपछि आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *