सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा
निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसदहरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए।
निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसदहरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन्।
सोही क्रममा राप्रपा सांसदहरूको पम्प्लेट प्रहरीले खोसेका थिए। यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ।
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने योजनाका साथ प्रदर्शनको तयारी गरेको थियो।