सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक, दंगा टोली तैनाथ
सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् ।
त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । त्यसैले ती सडकहरु सुनसान छन् ।
सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।
सिंहरदबार भित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गरिएको छ । सीमित संख्यामा आगन्तुकहरुलाई सुरक्षाकर्मीहरुले केरकार गरेर मात्रै जान दिएका छन् ।