राप्रपा प्रदर्शन : लिङ्देनसहित ७ जना नियन्त्रणमा

पम्प्लेट बोकेर नाराबाजी गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई परिसरमा राखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको थियो।

पम्प्लेट बोकेर नाराबाजी गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई परिसरमा राखिएको छ।

अन्य तीन जना प्रहरी वृत्त सिंहदरबारको नियन्त्रणमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *