कश्मीरको आतंककारी हमलाप्रति प्रधानमन्त्रीले गरे दु:ख व्यक्त
नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादसँग सम्बन्धित सबै कार्यहरूको कडा निन्दा गर्दछ।'

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू कश्मीरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा एक्समा संवेदना व्यक्त गर्दै नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना छ। नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादसँग सम्बन्धित सबै कार्यहरूको कडा निन्दा गर्दछ।’
प्रधानमन्त्री ओलीले हमलामा मृत्यु हुने एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको पनि बताएका छन्।
पहलगाममा भएको उक्त घटनाप्रति विभिन्न देशका प्रतिनिधिले दुख व्यक्त गर्दै भारतको साथमा उभिने बताएका छन्।