हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा

हैदराबादका लागि जिसान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट लिए।


इन्डियन प्रिमियर लिग (आईपीएल) मा  मुम्बई इन्डियनले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। बुधबार राजीव गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले १४३ रन बनाएको थियो। हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले ४.२ ओभर बाँकी छँदै ३ विकेट मात्र गुमाएर पुरा गर्‍यो। रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे।

हैदराबादका लागि जिसान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो। हेनरिच क्लासेनले सर्वाधिक ७१ तथा अभिनव मनोहरले ४३ रन बनाए। १३ रनमा ४ विकेट तथा ३५ रनमा ५ विकेट गुमाइसेको हैदराबादका लागि क्लासेन र मनोहरले ९९ रनको साझेदारी गर्दै इनिङ उकासे। तर यो जितका लागि पर्याप्त भने भएन।

मुम्बईका लागि बलिङतर्फ ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए। दीपक चहरले २ विकेट लिए। हार्दिक पाण्ड्या र जसप्रीत बुमराहले १-१ विकेट लिए।

यो जितपछि ९ खेलमा १० अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा यथावत् छ। यो हारपश्चात् हैदराबादको प्लेअफ सम्भावना कमजोर बन्न थालेको छ। सुरुवाती समयमा राम्रो लय पकडेको हैदराबाद हाल लगातार हारको सिकार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *