माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलहरूसँग छलफल गरेरै संसदीय गतिविधिहरूका विषयमा साझा धारणा बनाइनेछ ।
‘… प्रमुख प्रतिपक्षी दलको तर्फबाट अरु प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गर्ने, छलफल गर्ने र उहाँहरू (सत्तापक्ष)सँग पनि समस्याहरू समाधान गर्नका लागि छलफल गर्नुपर्ने हुन्छ’ पाण्डेले भने ।
शिक्षकहरू सडक आन्दोलनमा रहेकाले उनीहरूको माग सम्बोधन गर्नका लागि समेत सरकारलाई दबाब दिनका लागि विपक्षी दलहरूका बीचमा छलफल गरिने उनले बताए ।
निजामती विधेयक अगाडि बढाउन समेत पहल लिने माओवादीको निर्णय छ ।
यस्तै, नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा आउनुपर्ने यस निम्ति पहल गर्ने पनि माओवादी संसदीय दलको निर्णय छ ।