श्रीमान् सुतेकै अवस्थामा मृत भेटिए, श्रीमती पक्राउ
डीएसपी काफ्लेका अनुसार बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए ।

सप्तरीमा एक पुरुष सुतेकै ओछ्यानमा मृत भेटिएका छन् ।
कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएको परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
डीएसपी काफ्लेका अनुसार बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए ।
घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार मृतक गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए ।
स्थानीयले उनकी श्रीमती गुञ्जा मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने आशंका छ ।
अत्यधिक मदिरा सेवनबाट आफै वा श्रीमतीको संलग्नतामा मृत्यु भएको भन्ने कोणबाट अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीले जनाएको छ ।