एमालेलाई काठमाडौँ महानगरको १ लाख जरिवाना
७ मंसिर, काठमाडौं । नेकपा एमालेको आज दरबारमार्गमा गरिएको जागरण सभाका कारण सडकमा फोहोरमैला सिर्जना गरी प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।